स्रोत नखुलेको ११ लाख बोक्ने गौतमको हातमा हत्कडी 

शुक्रबार, फागुन ८, २०८२

स्रोत नखुलेको ११ लाखभन्दा बढी रकमसहित एकजना पक्राउ परेका छन्। मनरा शिसवा नगरपालिका-३ सोनौल बजारबाट स्रोत नखुलेको नगद ११ लाख ५१ हजार ३ सय रुपैयाँसहित सम्सी गाउँपालिका-७ बस्ने गौतम साह पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाटकट्टीबाट खटिएको प्रहरीले पोखरभिण्डबाट सोनौल बजारतर्फ आउँदै गरेको म.प्र.०२-००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित बिहीबार पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्