निर्माणाधीन संघीय संसद् भवन निर्माण सकेर चैत १ भित्र हस्तान्तरण गर्न भूमि मन्त्रीको निर्देशन 

शुक्रबार, फागुन ८, २०८२

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा. डा. कुमार इङनामले निर्माणाधीन संघीय संसद् भवनको काम आउँदो चैत १ गतेभित्र सकाएर हस्तान्तरण गर्न निर्देशन दिएका छन् । 

भवन निर्माणको पछिल्लो अवस्थाबारे आज फागुन ८ गते शुक्रबार स्थलगत अनुगमन गरेपछि उनले निर्धारित समयमै काम सकाउन निर्माण पक्षलाई निर्देशन दिएका हुन् ।

अनुगमनका क्रममा उनले कामको गतिप्रति असन्तुष्टि व्यक्त गरे । चैत १ भित्र प्रतिनिधिसभा, राष्ट्रियसभा, सेन्ट्रल लबी र सचिवालयका भवनहरू जसरी पनि हस्तान्तरण गरिनुपर्नेमा उनले जोड दिए ।

भवनको सिभिलतर्फको काम मोटामोटी सकिएको छ । फिनिसिङको काममा ढिलाइ भएको पाइएपछि उनले दक्ष जनशक्ति थप्न निर्देशन दिए । 

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्