निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको बस दुर्घटना हुँदा दुई दर्जन सेना घाईते 

बुधबार, फागुन ६, २०८२

भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको छ। जिल्लाबाट २४ जना सेना र चालकसहित २६ जना सवार बस दुर्घटनामा परेको हो। 

दुर्घटनामा परी २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए। उनका अनुसार बस सडक नजिकैको घुम्तीबाट तल खसेको छ। दुर्घटनामा परी गम्भीर घाइते ८ जनालाई सेनाको दुई वटा हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको नेपाली सेनाले जनाएको छ। 

जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षा तयारीका लागि नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट गएको सेनाको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी घाइते भएका अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्