Dashain Banner
Dashain Banner

मुटुमा समस्या देखिएपछि सिरोहियालाई अस्पताल लगियो, अब उतै बस्ने

शनिबार, जेठ १२, २०८१

चार दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । शुक्रबार साँझ उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना भएका हुन् ।

प्रादेशिक अस्पतालमा न्युरोलोजीलगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सिरोहियालाई सारिएको छ । सिरोहियाले मुटुमा समस्या आएपछि यसअघि मुम्बईमा पनि उपचार गराएका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्