Dashain Banner
Dashain Banner

सन्दीप लामिछानेको अमेरिका जाने बाटो लगभग बन्द, दुई दिन दूतावास बन्द

शुक्रबार, जेठ ११, २०८१

बलात्कारको अभियोगमा जिल्ला अदालतले दोषी ठहर गरेपछि उच्च अदालत पुगेका सन्दीप लामिछानेलाई उच्चले सफाई दियो। त्यसपछि उनलाई निलम्बन गरेको क्यानले फुकुवा पनि गरिदियो।

त्यसपछि विश्वकप खेल्न जाने अड्चन त हट्यो तर अमेरिकी दूतावासले उनलाई भिजा दिएन । लामिछानेले सामाजिक सन्जालमै उक्त कुरा लेखे।

सन्दीपको भीसा प्रक्रिया पुन अघि बढाइएकाे छ । परराष्ट्र मन्त्रालय पहल गरेको भनिएको छ तर अहिलेसम्म अमेरिकी दुतावासबाट सकारात्मक प्रतिक्रिया आएकाे छैन । 

अमेरिकी दूतावास शनिबार र आईतवार बन्द हुन्छ। लामिछानेलाई सरकारले नै पहल गरेपछि अमेरिकी दूतावासले भिजा नदिने सम्भावना ज्यादा छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  २३:३६
प्रतिक्रिया दिनुहोस्