Dashain Banner
Dashain Banner

गणतन्त्र दिवस मनाउन मुख्यमन्त्रीको कप्तानीमा बन्यो यस्तो समिति

शुक्रबार, जेठ ११, २०८१

बागमती प्रदेश सरकारले गणतन्त्र दिवस मनाउन  मुख्यमन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा ४२ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । 

बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठका अनुसार प्रदेश सरकारले यही जेठ १३, १४ र १५ गते गणतन्त्र दिवस मनाउन लागेको हो । सो अवसरमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, खेलकुद प्रतियोगिता, रक्तदान, वृक्षरोपण, लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शनलगायतका कार्यक्रम गरिने उनले बताए। 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्