Dashain Banner
Dashain Banner

जासुसी अड्डाले माग्यो मान्छे, २५२ जनाले पाउने भए जागीर

शुक्रबार, जेठ ११, २०८१

देशको एक मात्र जासुसी सस्था राष्ट्रिय अनुसन्धान विभाग (राअवि)ले विभिन्न पदका लागि २५२ जना कर्मचारी मागेको छ । 

आज सूचना प्रकाशित गरी विभागले विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो । विभागले सहायक सूचक पदमा २३४ जना, १६ जना सुरक्षागार्ड र २ जना परिचर मागेको हो ।

दरखास्त दिनका लागि एक महिनाको समय तोकिएको छ । सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने र सुरक्षागार्ड र परिचरका लागि तोकिएको स्थानहरुमा उपस्थित भई आवेदन दिनुपर्नेछ । सहायक सूचक र सुरक्षागार्डका लागि लागि तीन सय रूपैयाँ र परिचर पदका लागि २ सय रूपैयाँ दरखास्त शुल्क बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना

guard-1716516001-768x720-1716523908.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्