Dashain Banner
Dashain Banner

सत्र जिल्लामा लागेको आगोले २३ जनाको लियो ज्यान 

बुधबार, चैत २१, २०८०

विगत डेढ महिना यता देशका विभिन्न स्थानमा एक हजार ३९ वटा आगलागीका घटना भएका छन् । यो सङ्ख्या डढेलो र घरमा लागेको आगलागीको हो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत फागुन एक गते यता भएका आगलागीका घटनामा आगोले जलेर २३ जनाको मृत्यु भएको छ । 

प्राधिकरणका अनुसार आगलागीमा परेर ९३ जना घाइते भएका छन् भने एक हजार एक सय ६ परिवार प्रभावित भएका छन् । आगोले जलेर तीन सय १८ वटा घर पूर्ण क्षति भएको छ भने एक सय तीन वटा घरमा आंशिक क्षति पुगेको प्राधिकरणले जनाएको छ । एक सय ९७ वटा गोठमा क्षति पुग्दा ५ सय ७५ वटा पशु चौपायाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । आगोले जलेर ४५ करोड ८ लाख ८२ हजार पाँच सय रुपैयाँ बराबरको क्षति हुन पुगेको छ । 


प्राधिकरणकी प्रवक्ता गोमादेवी चेमजोङका अनुसार डेढ महिनाको अवधिमा ७६ वटा जिल्लामा आगलागी भएको अभिलेख छ ।

 सबैभन्दा धेरै मोरङमा आगलागीका घटना भएका छन् । मोरङमा ५८ वटा आगलागीका घटना भएका छन् । तर, मानवीय क्षति भने नभएको चेमजोङले बताइन् । 

आगलागीमा मानवीय क्षति व्यहोरेका जिल्लाहरूमा पाँचथर, भोजपुर, ओखलढुङ्गा, झापा, सिराहा, महोत्तरी, दोलखा, काठमाडौँ, तनहुँ, कपिलवस्तु, रोल्पा, प्युठान, दाङ, बर्दिया, जाजरकोट, डोटी र बैतडी छन् ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्