प्रहरी मुख्यालयले दियो सानुरामलाई अपराध र बसन्तलाई जिल्लाको चाबी 

शुक्रबार, वैशाख १४, २०८१

नेपाल प्रहरीका तीन जना एसएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा एसएसपी वसन्त रजौरे सरुवा भएका छन्  । यसअघि उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । 

यसैगरी परिसरको हालका प्रमुख भूपेन्द्र खत्रीको प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । 

यसैगरी उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी सानुराम भट्टराईको सरुवा भएको छ । यसअघि अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्र सिंह राठौर रहेको थिए । 

यस्तै तालिम केन्द्र विराटनरगमा एसएसपी अभिनारायण काफ्लेको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १३:२९
प्रतिक्रिया दिनुहोस्