Dashain Banner
Dashain Banner

नगरपालिका कर्मचारी एशाेसिएसनले मन्त्री र सचिवलाई घच्घच्यायो, के छन् माग ?

शुक्रबार, जेठ ४, २०८१

नेपाल नगरपालिका कर्मचारी एशाेसिएसनले आफ्ना मुद्दा र एजेन्डा स्थापित गर्ने अभियानलाई तिब्र पारेको छ।

एशाेसिएसनले केन्द्रीय समिति बैठकको निर्णय कार्यान्वयन गराउने अभियानलाई बेतोडले अगाडि बढाएको हो।

संघीय संसदमा छलफलमा रहेको निजामती सेवा बिधेयक,२०८० मा स्थानीय तहमा कार्यरत कर्मचारीहरुकाे वृत्ति विकास तथा हक अधिकार स्थापित गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराएको छ।

 मन्त्री र सचिव भेटेर एशाेसिएसनले आफ्ना माग र मुद्दा प्रस्तुत गरेको हो। एशाेसिएसनका माग प्रति दुबै मन्त्रालयको उच्च तह सकारात्मक बनेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १८:५६
प्रतिक्रिया दिनुहोस्