Dashain Banner
Dashain Banner

सन्दीपको दोष नभेटेपछि उच्चले सफाई दियो, जिल्लाको फैसला उल्टियो

बुधबार, जेठ २, २०८१

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसलालाई बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो ।

यसअघि जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई सफाइ दिएको हो । मंगलबार सो मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । उच्च अदालतको फैसलासँगै टी-२० विश्वकपमा सहभागी हुन सन्दीपलाई बाटो खुलेको छ ।

उमेर नपुगेको सरकारी पक्षको दाबी प्रमाणित नहुने र संलग्न सबुदप्रमाणले जबरजस्ती करणी गरेको पुष्टि नगर्ने देखिएको भन्दै अदालतले लामिछानेलाई सफाइ दिएको अदालत स्रोतले बताएको छ।

यसअघि उच्च अदालत पाटनले नै गत पौष २८ गते २० लाख रुपैयाँ धरौटी लिई लामिछानेलाई तारेखमा रिहा गर्ने आदेश दिएको थियो।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्