वार्तामार्फत शिक्षकको समस्या समाधान गर्न शिक्षा मन्त्रीले ध्यान लगाउने

बिहीबार, वैशाख ११, २०८२

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्तामार्फत शिक्षकको समस्या समाधान गर्ने बताएका छन् ।

बिहीबार शीतल निवासमा सपथ गरेपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री पन्तले शिक्षकका विषयमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत हुने र वार्तामार्फत शिक्षकको समस्या समाधान गर्ने बताएका हुन् ।

उनले शिक्षकसँग मन्त्रालयले यसअघि गरेको छलफलका विषयमा जानकारी लिने उल्लेख गरे । 

मन्त्रालयबाट शिक्षकहरुसँग भएका वार्ताका लागि धन्यवाद दिँदै राम्रोसँग जानकारी लिएर अघि बढ्ने उनले बताए ।

उनले अव बोल्ने भन्दा पनि काम गर्नमा ध्यान केन्द्रीत गर्ने जिकिर गरे ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्