कमल थापाको पार्टीले डाक्यो कार्यसम्पादन समितिको बैठक

बिहीबार, वैशाख ११, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः ३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्ने भएको हो ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिका तथा साङ्गठनिक गतिविधिका बारेमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनले भने, ‘आजको बैठकमा केही महत्त्वपूर्ण विषयमा छलफल हुनेछ । अध्यक्ष कमल थापाले पछिल्लो परिस्थिति र भावी योजनाबारे खाकासहित धारणा राख्नुहुनेछ ।’

तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेका आस्थाका बन्दीहरूको रिहाइको बारेमा समेत बैठकमा छलफल हुने बताइएको छ । तीनकुने घटनाको बारेमा निष्पक्ष न्यायिक छानबिन आयोग गठन नभएकोमा राप्रपा नेपालले असन्तुष्टि जनाउँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ०८:१७
प्रतिक्रिया दिनुहोस्