Dashain Banner
Dashain Banner

कक्षा १२ को परीक्षा सर्ने निश्चित, आजै सूचना प्रकाशन

मंगलबार, वैशाख ९, २०८२

कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री तयार भएका छन्। परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षासचिव दीपक काफ्लेसँगको छलफलपछि प्रधानमन्त्री परीक्षा सार्न सकारात्मक भएका हुन्। 

यस विषयमा परीक्षा बोर्डले केहीबेरमा सूचना प्रकाशन गर्दैछ।  अब कक्षा १२ को परिक्षा २१ गते बाट हुने परिक्षा बोर्डले निर्णय गरेको छ।

प्रधानमन्त्रीको सचिवालयले भन्यो, 'प्रधानमन्त्रीज्यूले परीक्षा बोर्ड र शिक्षामन्त्रालयका पदाधिकारीसँग परामर्श गर्नुभएको हो। बाँकी कुरा परीक्षा बोर्डले सूचना प्रकाशित गर्ला।'

कक्षा १२ को परीक्षा वैशाख ११ गतेलाई तय भएको थियो। विभिन्न माग राखेर शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन्। उनीहरूले परीक्षा बहिष्कार गरेसँगै सरकारले निजामती कर्मचारीलाई खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  २०:२०
प्रतिक्रिया दिनुहोस्