शिक्षकको प्रदर्शनका कारण काठमाडौं अस्तव्यस्त, ओली सरकार किन तात्दैन ?

सोमबार, वैशाख ८, २०८२

शिक्षकको प्रदर्शनका कारण काठमाडौंमा सवारीसाधन ‘डाइभर्सन’ गरिएको छ । शिक्षक सडकमा उत्रँदा तीनकुनेबाट बानेश्वरतर्फ जाने सवारीसाधन ‘डाइभर्सन’ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

माइतीघर–बानेश्वर क्षेत्रमा शिक्षकले प्रदर्शन गर्दै आएका छन् । उक्त सडक भएर गुड्ने सवारीसाधानलाई वैकल्पिक मार्गबाट गन्तव्यमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षक २० दिनयता काठमाडौंमा सडक आन्दोलनमा छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न मागसहित उनीहरूले प्रदर्शन गरिरहेका छन् ।

शिक्षकले यसअघि मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म सडक ढाकेर प्रदर्शन गर्दै आएका थिए । आइतबार (वैशाख ७)देखि प्रदर्शनको समय बिहान ९ देखि मध्याह्न १२ बजेसम्म तोकिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

शिक्षक सडकमा उत्रँदा कर्मचारी, कलेजका विद्यार्थीलगायत यात्रीलाई गन्तव्यमा पुग्न सास्ती भएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्