पाथीभरा जाँदै गर्दा गाडीमा करेन्ट लागेर घाइते दुईजनालाई काठमाडौं ल्याउने

सोमबार, वैशाख ८, २०८२

ताप्लेजुङको पाथीभरा जाँदै गर्दा गाडीमा करेन्ट लागेर घाइते भएका दुईजनालाई काठमाडौं ल्याउने तयारी गरिएको छ । उनीहरूलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर उडिसकेको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

नेपाली सेनाको हेलिकोप्टर केही समयपछि ताप्लेजुङमा अवतरण गर्ने प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।

सोमबार (वैशाख ८) बिहान पाथीभरा जाँदै गर्दा फुङ्लिङ नगरपालिका–१०, सेवारोचोकमा मे१च ३०११ नम्बरको बोलेरो जीपमाथिको छतमा बिजुली तार खसेको थियो । त्यसलगत्तै आगलागी हुँदा चारजनाको मृत्यु भएको थियो ।

घटनामा ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा सविन घाइते भएका थिए । उनीहरूको काठमान्डूमा उपचार हुनेछ। 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्