Dashain Banner
Dashain Banner

पाथीभरा जाँदै गर्दा गाडीमा करेन्ट लागेर घाइते दुईजनालाई काठमाडौं ल्याउने

सोमबार, वैशाख ८, २०८२

ताप्लेजुङको पाथीभरा जाँदै गर्दा गाडीमा करेन्ट लागेर घाइते भएका दुईजनालाई काठमाडौं ल्याउने तयारी गरिएको छ । उनीहरूलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर उडिसकेको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

नेपाली सेनाको हेलिकोप्टर केही समयपछि ताप्लेजुङमा अवतरण गर्ने प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।

सोमबार (वैशाख ८) बिहान पाथीभरा जाँदै गर्दा फुङ्लिङ नगरपालिका–१०, सेवारोचोकमा मे१च ३०११ नम्बरको बोलेरो जीपमाथिको छतमा बिजुली तार खसेको थियो । त्यसलगत्तै आगलागी हुँदा चारजनाको मृत्यु भएको थियो ।

घटनामा ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा सविन घाइते भएका थिए । उनीहरूको काठमान्डूमा उपचार हुनेछ। 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्