Dashain Banner
Dashain Banner

आन्दोलनमा सहभागी भएर फर्किएका प्रधानाध्यापकले दुर्घटनामा ज्यान गुमाए 

आइतबार, वैशाख ७, २०८२

राष्ट्रिय शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलनमा सहभागी भएर फर्किएका एक प्रधानाध्यापकको सवारी दुर्घटनामा परी निधन भएको छ । 

दुर्घटनामा परी निधन हुने शिक्षक मनाङको नार्फु गाउँपालिका–८ का मन घले हुन् । उनी मनाङको नासोँ गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक थिए ।

शिक्षकहरूको आन्दोलनमा सहभागिता जनाउन काठमाडौं गएका घले फर्किने क्रममा तनहुँमा दुर्घटनामा परेका हुन् ।

आइतबार तनहुँको भानु नगरपालिका–१०, नेपालटारमा भएको स्कुटर र जीप दुर्घटनामा घलेले ज्यान गुमाएका हुन् । नेपाल शिक्षक महासंघले आफ्ना सदस्य समेत रहेका घलेको निधनप्रति समवेदना व्यक्त गरेको छ ।

डुम्रे–बेँसीसहर सडकखण्डमा डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र ग २६ प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अशोक थापाले जानकारी दिए ।

सोही दुर्घटनामा स्कुटर पछाडि सवार लमजुङको बेँसीसहर नगरपालिका–८ की ३२ वर्षीया अनिता थापा श्रेष्ठको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  २१:३१
प्रतिक्रिया दिनुहोस्