सोसल मिडिया
युनिकोड
हाल देशमा मुख्यतया स्थानीय वायू तथा पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान मौमसमा केही सुधार देखिएको छ ।
आज बिहान कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भएको छ भने अन्य भूभागमा आंशिक बदलीदेखि साधारणतया मौस्म सफा रहेको छ ।
यस्तै, आजद दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ ।
महाशाखाका अनुसार आइतबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आइतबार राति कोशी प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित राति पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुने महाशाखाले जनाएको छ ।