विद्यालय शिक्षा ऐन जारी नगरेसम्म घर नफर्कने भन्दै शिक्षकले दिए चेतावनी

बिहीबार, वैशाख ४, २०८२

विद्यालय शिक्षा ऐन जारी नगरेसम्म घर नफर्कने भन्दै शिक्षकले बिहीबार (वैशाख ४) पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा १६ दिनयता उनीहरू काठमाडौंमा सडक आन्दोलनमा छन् ।

सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्न समन्वय गर्ने निर्णय गरेको छ । शिक्षकले भने विद्यालय शिक्षा ऐन जारी नगरेसम्म घर नफर्कने भन्दै आन्दोलन जारी राखेका हुन् ।

उनीहरूले ‘विद्यालय शिक्षा ऐन जारी गर’ भन्दै माइतीघर–बबरमहल क्षेत्रमा धर्नासहित प्रदर्शन गरे । शिक्षकले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित नगरिएसम्म आन्दोलन जारी रहने जनाएका छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्