सोसल मिडिया
युनिकोड
अनेक गरेर सामाजिक संजालमा चर्चा आउने शर्मीला वाइवामाथि रड प्रहार भएको छ । काठमाडौंको बौद्ध क्षेत्रमा उनीमाथि रड प्रहार भएको जनाइएको छ । रड प्रहारपछि उनको टाउकोमा गम्भीर चोट लागेको भए पनि खतरामुक्त रहेको जनाइएको छ ।
वाइवाले आफूमाथि एमाले कार्यकर्ता शर्मीला श्रेष्ठले रड प्रहार गरेको जनाएकी छन् । तर श्रेष्ठले आफूले रड प्रहार नगरेको दाबी गरेकी छन् । सामाजिक सञ्जालमार्फत् उनले यस्तो बताएकी हुन् । प्रहरीका अनुसार लेनदेनको विषयमा विवाद हुँदा रड प्रहार गरिएको पाइएको छ । अनुसन्धान जारी रहेको बताउँदै वाइवाको अहिले काठमाडौंको बौद्धस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।