शहरी विकासमन्त्री प्रकाशमान सिंहले लाेहन्द्र पुल उद्घाटन गरे

बुधबार, वैशाख ३, २०८२

उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले लाेहन्द्र पुल उद्घाटन गरेका छन् । बुधबार विराटनगर पुगेका सिंहले जहदा र कटहरी जोड्ने पुलको उद्घाटन गरेका हुन् । 

सो स्थानमा पक्की पुल बनेपछि स्थानीयहरूलाई आवतजावतमा सहजता थपिएको छ । `मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका जोड्ने लोहन्द्रा पुलको आज उद्घाटन भयो । यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकीमा सहजता थपिने र यहाँको आर्थिक गतिविधि बढ्ने विश्वास लिएको छु´, पुल उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले भने  ।

उनले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसको संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माणमार्फत नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन अघि बढिरहेको पनि बताए  ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्