कस्तो हुनेछ आज देशभरको मौसम ? मेघगर्जन र चट्याङ कता पर्छ ?

बुधबार, वैशाख ३, २०८२

देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । काठमाडौंसहित केही क्षेत्रमा वर्षा हुनेछ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया मौसम सफादेखि आंशिक बदली रहनेछ । 

कोसी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । 

देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । अपाह्नपछि काठमाडौंमा वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए ।

“काठमाडौंको अपहराह्नपछि हल्का वर्षाको सम्भावना छ,” मौसमविद् झाले भने, “ठूलो वर्षाको सम्भावना छैन । र, केही ठाउँमा मात्रै वर्षा हुन्छ । काठमाडौंका सबै ठाउँमा वर्षा हुने छैन ।” 

राति कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

कोसी प्रदेशलगायत वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  ०७:०६
प्रतिक्रिया दिनुहोस्