हाँडीगाउँमा आज गहना खोज्ने जात्रा, १५ दिनसम्म चल्ने

आइतबार, चैत ३१, २०८१

काठमाडौँको हाँडीगाउँमा आज गहना खोज्ने जात्रा हुँदैछ। १५ दिनसम्म चल्ने यो जात्रा काठमाडौँको ऐतिहासिक परंपरासमेत हो। 

यही जात्रालाई लिएर ‘कहीं नभएको जात्र हाँडीगाउँमा’ भन्ने परंपरासमेत बसेको छ। १५ दिने जात्राको आज मुख्य दिन हो। 

यो जात्रा राजा मानदेवको पालादेखि चल्दै आएको मानिन्छ। तत्कालीन समयमा टुँडालदेवीको पोखरीमा गहना हराएको थियो भन्ने मान्यता छ। यो पखरीलाई गहना पोखरीको रुपमा चिनिन्छ। 

टुँडालदेवीको गहना खोज्नकै लागि प्रत्येक वर्ष यो जात्रा मनाउने परम्परा रहिआएको मान्यता छ। गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ। 
 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १०:१७
प्रतिक्रिया दिनुहोस्