सोसल मिडिया
युनिकोड
बालाजु औद्योगिक क्षेत्रमा शनिबार आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको एक प्लास्टिक उद्योगमा आगलागी भएको हो ।
आगलागी नियन्त्रणका लागि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली पुगेको छ । त्यहाँ प्रिन्टिङ प्रेससमेत रहेको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । अहिले आगो निभाउने क्रम जारी छ।