सोसल मिडिया
युनिकोड
पर्साको वीरगन्जमा हनुमान जयन्तीको शोभायात्राका क्रममा हिन्दु र मुस्लिम समुदायबिच झडप भएको छ ।
छप्कैया चोकमा शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबिच विवाद उत्पन्न भई झडप भएको हो ।
झडपको क्रममा केही पसलमा आगजनी गरिएको छ भने केही स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू घाइते भएका छन् । हाल घटनास्थलमा स्थिति तनावग्रस्त बनेको छ । झडपको अवस्था उत्पन्न भएपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।