पूर्वी तराईमा मेघगर्जन र चट्याङसहित भारी वर्षा, काठमाडौँमा पनि दर्किने

बुधबार, चैत २७, २०८१

पूर्वी तराईमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । बुधबार बिहानदेखि नै पूर्वी तराईको झापा, मोरङलगायत जिल्लामा भीषण वर्षा भएको हो ।

वर्षा नहुँदा नेपालमा वायु प्रदूषण बढेको छ । जसले आँखा पोल्ने, टाउको दुख्नेलगायत समस्या देखिरहेका छन् । काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, आज काठमाडौंमा पनि वर्षाको सम्भावना छ । “काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । अपराह्नपछि काठमाडौंमा हल्का वर्षाको सम्भावना देखिएको छ,” मौसमविद् रोजन लामिछाने भन्छन् ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्