तिनकुने काण्डका ६ धुन्धुकारीलाई प्रहरीले पार्यो कर्याप्पै

मंगलबार, चैत २६, २०८१

गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेकाे आराेपमा पछिल्लो समय थप ६ जना पक्राउ परेका छन् ।

सर्लाही घर भएका ललितपुर टीकाथली बस्ने २२ वर्षका अमित शाह, सुनसरी धरानका १९ वर्षका सुमन कार्की, बर्दियाका ३४ वर्षका हेमराज थारू पक्राउ परेका हुन् ।

यस्तै धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेपलाञ्चोक घर भएका ३० वर्षकी अनिता कुँवर (ऐनी), सिन्धुपाल्चोकका ३० वर्षका ३० कुमार तामाङ पक्राउ परेका हुन् ।

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्