Dashain Banner
Dashain Banner

वरिष्ठ पत्रकार भैरव रिसालको निधनले प्रधानमन्त्री ओली मर्माहत

सोमबार, चैत २५, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएकामा दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार रिसालसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै दुःखद निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै वरिष्ठ पत्रकार स्वर्गीय रिसालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

“हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो, उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु, वरिष्ठ पत्रकार भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु, ” प्रधानमन्त्री ओलीले लेखेका छन् ।
 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्