Dashain Banner
Dashain Banner

जाजरकोटमा आजै साँझ लगातार दुई वटा भूकम्प

शुक्रबार, चैत २२, २०८१

जाजरकोटमा  शुक्रबार साँझ लगातार दुई वटा भूकम्प गएका छन्।   तीन मिनेटको अन्तरमा दुई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार  पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा ५.२ म्याग्निच्युडको रहेको थियो । दोस्रो भूकम्प तीन मिनेटपछि साँझ ८ बजेर १० मिनेटमा ५.५ म्याग्निच्युडको गएको  थियो ।

भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्