Dashain Banner
Dashain Banner

अन्तरिम आदेश नपाएका कुलमान आजै ठिक एक बजे कुर्लने

शुक्रबार, चैत २२, २०८१

आफूलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि कुलमान घिसिङले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै छन्। 

अदालतले प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नै निरन्तरताको आदेश दिएको भोलिपल्ट चैत २२ गते घिसिङले पत्रकार सम्मेलन गर्न लागेका हुन्। 

उनका अनुसार पत्रकार सम्मेलन दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा हुनेछ। सहभागिताका लागि उनले सञ्चारकर्मीलाई अनुरोध गरेका छन्। 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्