Dashain Banner
Dashain Banner

बीमा प्राधिकरणका अध्यक्षविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाऊ आदेश 

बुधबार, चैत २०, २०८१

सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाऊ आदेश गरेको छ ।

न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले आज प्राधिकरणका अध्यक्ष ओझाको योग्यतामाथि प्रश्न उठाइएको उक्त विवादमा लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश गरेको हो ।
 
अधिवक्ता इन्दिरा धमलाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल बिमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समिति र प्राधिकरणका अध्यक्ष ओझालाई विपक्षी बनाई चैत १७ गते दायर गरेको रिट निवेदनमा उनको नियुक्ति बदर गर्न माग गरिएको छ ।
 
मन्त्रिपरिषद्को गत फागुन १२ गतेको बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्