Dashain Banner
Dashain Banner

प्रमुख सचेतकहरूसँग छलफल गरेर सभामुखले सदन सहजै चलाउने

आइतबार, चैत १७, २०८१

प्रतिनिधिसभा तथा राष्ट्रियसभामा भइरहेको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

संसद् भवन नयाँ वानेश्वरमा सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेको प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिएका छन् । 

विपक्षी दलहरूले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै बुधवारबाट प्रतिनिधिसभामा अवरोध गर्दै आएका छन् ।

बुधवार र बिहीबार सदनमा जवाफ नदिने बताएका प्रधानमन्त्री ओलीले भोलि चैत १८ गते प्रतिनिधि सभामा सम्बोधन गर्ने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्