Dashain Banner
Dashain Banner

सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीको पदावधि थप

बुधबार, चैत ६, २०८१

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीको पदावधि थप भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी केसीको पदावधि चार महिना थप गर्ने निर्णय गरेको हो। 

यही चैत २९ गतेदेखि २०८२ साउन २८ गतेसम्म केसीको पदावधि थप गरिएको रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए। 

३४ वर्षदेखि नेपाली सेनामा सेवारत केसीले गत वैशाख ३ गतेदेखि नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी पाएका थिए। 

त्यसअघि उनी पोखरास्थित ३ नम्बर बाहिनीको बाहिनीपति थिए। अहिले थप गरिएको पदावधिभित्रै केसी उपरथीमा बढुवा हुने सम्भावना छ। उनी सहायक रथीको रोलक्रममा अगाडि छन्।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्