Dashain Banner
Dashain Banner

ट्रकबाट प्रहरीले २५ करोड पैसा बरामद गर्यो, दुई जना समातिए 

मंगलबार, चैत ५, २०८१

नेपाल प्रहरीको विशेष टोलीले काठमाडौंबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) बरामद गरेको छ । २५ करोड रुपैयाँबराबर रकम बरामद गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त ट्रकका चालकसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको रकममा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत छन् ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्