Dashain Banner
Dashain Banner

कांग्रेस कोषाध्यक्ष तथा पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई मातृशोक

शनिबार, चैत २, २०८१

नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई मातृशोक परेको छ। श्रेष्ठकी आमा लीलादेवी श्रेष्ठको हिजो शुक्रबार ८९ वर्षको उमेरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

श्रेष्ठको आज दिउँसो २ बजे अन्तिम संस्कार गरिने भएको छ। अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि निवासमै राखिने पारिवारिक स्रोतले जनाएको छ।लीलादेवीको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले समवेदना प्रकट गरेका छन्।

सभापति देउवाले आज शोक विज्ञप्ति निकालेर स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन्।

उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो। उनको आज अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाली कांग्रेसले जनाएको छ।

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्