Dashain Banner
Dashain Banner

कस्तो होला आज देशभरको मौसम ?

बिहीबार, फागुन १५, २०८१

हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्युनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। यतिबेला (बिहीबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा छ। 

तराइका थोरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान र  देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानसहित प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा आज हल्का हिमपातकोसमेत सम्भावना छ। 

‘मेघ गर्जन र चट्याङसहित हिमपातको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ,’ महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ। 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०६:५९
प्रतिक्रिया दिनुहोस्