Dashain Banner
Dashain Banner

विदेश पठाईदिन्छु भन्दै चार लाख झ्वाम पार्नेलाई पुलिसले समात्यो

शनिबार, फागुन १०, २०८१

वैदेशिक रोजगारीमा संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ का ३० वर्षीय दिपेश श्रेष्ठ छन् ।

यूएई पठाइदिने भन्दै एक व्यक्तिबाट चार लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उनीमाथि आरोप छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मा बस्दै आएका उनलाई शुक्रबार (फागुन ९) पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई कागेश्वरी मनोहरा–९ बाटै पक्राउ गरेको हो । थप अनुसन्धान र कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्