Dashain Banner
Dashain Banner

काठमाडौँको मौसम आज चिसियो, पानी पर्छ ? के भन्छ मौसम पूर्वानुमान महाशाखा ?

शनिबार, फागुन ३, २०८१

काठमाडौँको मौसम आज चिसिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज चिसिएको हो। यद्यपि, चिसो भए पनि पानी पर्ने सम्भावना भने छैन।

यसैबीच आज बिहान ५: ४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस रहेको थियो। हिजो शुक्रबार भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस थियो। त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन हुन्छ।
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्