Dashain Banner
Dashain Banner

अध्यादेश देश हितविपरीत रहेको उपेन्द्रको निष्कर्ष, सुनाए विपक्षमा मतदान गर्ने निर्णय

मंगलबार, माघ २९, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेश देश हितविपरीत रहेको निष्कर्ष निकालेको हो । 

“भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश दीर्घकालीन रूपमा देश र समग्र राष्ट्रको हितविपरीत रहेको छ । यस अध्यादेशको विरोधमा उभिने र यसको विपक्षमा मतदान गर्ने निर्णय गरिन्छ,” बैठकपछि अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अन्य पाँचवटा अध्यादेशलाई भने समर्थन गर्न र मतदान गर्न सकिने जसपाले बताएको छ । सरकारले ल्याएका ६ अध्यादेश राष्ट्रियसभाबाट पारित गर्न जसपा नेपाल निर्णायक छ ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्