Dashain Banner
Dashain Banner

पश्चिमी वायुको प्रभावले देशभरको मौसममा आज कस्तो पार्छ असर ?

सोमबार, माघ २८, २०८१

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यतिबेला (सोमबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा छ। 

तराईका थोरै स्थानमा अहिले हल्का हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

महाशाखाका अनुसार आज कोसी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको संभावना छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको संभावना साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भूभागमा हुस्सु र कुहिरो लाग्ने संभावना रहेको छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ।’

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्