सोसल मिडिया
युनिकोड
सरकारी/सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यमा काठमाडौं उपत्यका विकास प्राधिकरणले सक्रियता झन्-झन् बढाएको छ।
प्राधिकरणले महादेव खोला क्षेत्र वरिपरिका अवैध संरचना ७ दिनभित्र खाली गराउन निर्देशन दिएको छ। सो क्षेत्रमा सूचना टाँस्दै महादेव खोला क्षेत्र वरिपरिका सरकारी वा सार्वजनिक जग्गामा मापदण्डविपरीत निर्मित घर, टहरा र अन्य अवैध संरचना ७ दिनभित्र हटाउन वा खाली गराउन प्राधिकरणले उर्दी जारी गरेको हो।
काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंले जारी गरेको सूचनामा भनिएको छ, ‘महादेव खोला क्षेत्र वरिपरिका सरकारी वा सार्वजनिक जग्गामा मापदण्डविपरीत निर्मित घर, टहरा र अन्य अवैध संरचना ७ दिनभित्र हटाउन वा खाली गर्नु हुन जानकारी गराइन्छ। अन्यथा प्राधिकरण ऐन, २०४५ अन्तर्गत कारबाही गरिनेछ। साथै यसरी माथि उल्लेख गरिएका सरकारी वा सार्वजनिक जग्गामा बनाईएका संरचनाहरू नहटउने व्यक्तिहरूको तीन(३) पुस्ते नामवली र संस्थाहरूको हकमा उक्त संस्था सञ्चालन गर्ने व्यक्तिहरूको तीन (३) पुस्ते नामावली समेत प्रकाशित गरिने व्यहोरा सहर्ष जानकारी गराईन्छ।’