सोसल मिडिया
युनिकोड
रक्षामन्त्री मानवीर राईको गाडीले काठमाडौँको माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको छ।
आज बिहान सवा १० बजेतिर रक्षामन्त्री राई चढेको गाडीले ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकललाई ठक्कर दिएर गाडी सिंहदरबार तर्फ गएको थियो।
तर रक्षामन्त्रीलाई मन्त्रालयमा छाडेर गाडीका चालक फर्किएर मोटरसाइकल चालकसँग सहमती गरिसकेको ट्राफिक प्रहरी प्रवक्ता एसपी संजयबहादुर राउतले बताए।
मोटरसाइकलको लुकिङग्लास लगायतमा सामान्य क्षति भएको र रक्षामन्त्रीका सवारी चालकले बनाइदिने सहमती भइसकेको राउतले बताए। मानवीय क्षति नभएको ट्राफिकले जानकारी दिएको छ। मन्त्रीको गाडी चालकको उत्ताउलो कुदाईले बारम्बार घटना हुने गरेका छन्।