चितवनको सेतीदोभानमा बस दुर्घटना, घाइते १५ जनाको घटनास्थलबाट उद्धार

आइतबार, माघ २७, २०८१

चितवनको सेतीदोभानमा बस दुर्घटना भएको छ। आज बिहान करिब पौने पाँचबजे बस दुर्घटनामा परेको हो।

बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको लु.प्र.०३-००१ ख ००७७ नम्बरको बस पुलबाट २० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन्। 

‘बसमा २९ जना सवार थिए। घाइते १५ जनालाई घटनास्थलबाट उद्धार गरेर भरतपुर पठाइएको छ। बाँकी घाइतेको उद्धार कार्य जारी छ,’ इन्सपेक्टर निरलाले भनिन्। दुर्घटनामा केही यात्रु गम्भीर घाइते भएका छन्। घटनाको थप विवरण आउँन बाँकी छ। 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०६:५३
प्रतिक्रिया दिनुहोस्