Dashain Banner
Dashain Banner

काठमाडौं उपत्यकाका यी स्थानमा चार दिन दैनिक पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने

शुक्रबार, माघ २५, २०८१

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अबका चार दिन दैनिक पाँच घण्टाका दरले विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बल्खु चोकदेखि चोभार गेटसम्मका क्षेत्रमा बिजुली अवरुद्ध हुनेछ । प्राधिकरणका अनुसार बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ ।

माघ २७ गते जोरपाटी वितरण केन्द्रअन्तर्गत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्र, माघ २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मका क्षेत्र र माघ २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति बिजुली आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्