ओलीलाई प्रचण्डको चुनौती, हुति भए शेरा दरबार प्रकरणमा प्रमाण पुर्याउ

बिहीबार, माघ २४, २०८१

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नुवाकोटको शेरा दरबारमा प्रकरणमा आफूलाई जोड्न सकिन्छ कि भनेर प्रधानमन्त्री नै लागेको दाबी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पनि चासो रहेको सुनाए ।
 
“नुवाकोटको शेरा दरबारमा कतै न कतै प्रचण्डलाई जोड्न सकिन्छ कि ! जोड्न नसके पनि प्रचण्डलाई बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत ग(यो,” उनको दाबी छ, “प्रधानमन्त्रीजी आफैँ लागेको थाहा छ । सरकार खोजिरहेको छ, एउटै पनि अपराध भेटिँदैन प्रचण्डको त !”

उनले सबै नेता उस्तै हुन् भन्ने भाषा मञ्जुर नभएको बताए । शेरा दरबारमा आफू जोडिए छानबिन गर्न उनले चुनौती दिए । 

“शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् । बेला–बेला क्यान्टोनमेन्ट भनेर गीत गाएको सुन्छु । छानबिन गरे भयो त,” प्रचण्डको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्