Dashain Banner
Dashain Banner

काठमाडौं उपत्यकाका यी स्थानमा आज पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने

बुधबार, माघ २३, २०८१

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बालकुमारी, इमाडोल र लुभु वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति हुने छैन । 

प्राधिकरणका अनुसार बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ ।

विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति बिजुली आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्