राष्ट्रपतिले न्याय परिषद् सदस्यमा खड्कालाई गरे नियुक्त

सोमबार, माघ २१, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका छन् ।

नेपालको संविधानको बमोजिम नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार उनलाई नियुक्त गरेका हुन् । बूढानीलकण्ठ नगरपालिका–४ निवासी खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्