Dashain Banner
Dashain Banner

काठमाडौँमा दैनिक पाँच घण्टा आठ दिन सम्म विद्युत् लाइन अवरुद्ध हुने

सोमबार, माघ २१, २०८१

नेपाल विद्युत् प्राधिकरणले राजधानीका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुनेबारे सूचना जारी गरेको छ । 

प्राधिकरणको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि ८ दिनसम्म विभिन्न फिडर अन्तरगतका स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको हो । 

जसअनुसार आज माघ २१ गते भत्केको पुल (चाबहिल) वरिपरिका क्षेत्र, २२ गते कलंकी मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र, २७ गते जोरपाटी फिडर अन्तरगत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्र, २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ । bijuli-abarudda-1738550753.webp

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्