बाह्र जिल्लामा सोमवार सार्वजनिक बिदा

आइतबार, माघ २०, २०८१

लुम्बिनी प्रदेशमा सोमवार सार्वजनिक बिदा हुने भएको छ।

लुम्बिनी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम(पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी बाह्र जिल्लाहरू रहेका छन ।

प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको लुम्बिनी प्रदेश आन्तरिक तथा कानून मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेयले बताए।

आइतवार बसेको बैठकले प्रदेशभरिका १२ वटै जिल्लामा सार्वजनिक बिदा दिने गरेको हो।

प्रदेश सरकारले सोमवार विविध कार्यक्रम गरी प्रदेश राजधानी दाङमा स्थापना दिवस मनाउने तयारी गरिएको पाण्डेयले बताए।
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  २०:२४
प्रतिक्रिया दिनुहोस्