प्रधानमन्त्री ओलीले सरकारी कार्यालयमा हुने कामको जानकारी अब मोबाइबाट दिने

शुक्रबार, माघ १८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले विकास निर्माणका क्रममा 'ब्रेक' लगाएर राखेका कतिपय कामलाई 'थ्रू' गरेको दाबी गरेका छन् । हिउँदे अधिवेशनको पहिलो बैठकमा उनले निराशाको व्यापार गर्नेलाई यस्ता खबर खुसीको हुन नसक्ने कटाक्ष गरे ।

“राजनीतिलाई केबल सामजिक सञ्जालमा प्रतिक्रिया खपतको व्यवसाय बनाउनेहरूबाट पर गएर मात्रै बन्दै गरेको नेपाल देख्न सक्छौँ,” उनले भने ।

उनले सरकारको कामको फेहरिस्त सुनाए । उनले सिंहदबार छिर्न कसैको अनुमतिपत्र लिनुनपर्ने बताए । सरकारी कार्यालयमा फाइल अड्काउने र नागरिकले दु:ख पाउने कुराको अन्त्य गर्न लागिएको ओलीको भनाइ छ । 

“सरकारी कार्यालयमा हुने कामको जानकारी मोबाइबाट पाउने व्यवस्था गर्दै छौँ,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्